राष्ट्रपति पौडेल आइतबार जापान भ्रमणमा जाँदै
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आगामी माघ १८ गते (आइतबार) जापान भ्रमणमा जाने भएका छन्।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेलको भ्रमणमा सहभागी रहने प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत गर्ने निर्णय गरेको छ।
गृहमन्त्री समेत रहेका सरकारका प्रवक्ता ओमप्रकाश अर्यालका अनुसार नेपाल र जापानबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औं वर्षगाँठको उपलक्ष्यमा आयोजित कार्यक्रममा सहभागी हुन राष्ट्रपति पौडले त्यसतर्फ जान लागेका हुन्।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment