हाम्रो प्रतिस्पर्धा कांग्रेससँग हो, रास्वपा प्रतिस्पर्धामा छैन : शंकर पोखरेल
काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले रास्वपाको ग्रामिण क्षेत्रमा देखिएको प्रभाव चुनाव जित्ने तहसम्मको नरहेको बताएका छन्।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा पत्रकार सम्मेलन आयोजना गर्दै उनले रास्वपाको जन्म भएको शहरी क्षेत्रमा नै रास्वपा प्रतिस्पर्धामा नरहेको भन्दै ग्रामिण क्षेत्रमा देखिएको प्रभाव चुनाव जित्ने तहसम्मको नरहेको बताए।
उनले भने, ‘काठमाडौंमा रास्वपा प्रतिस्पर्धामा छैन भन्ने विश्लेषण छ। जहाँबाट रास्वपाको जन्म भयो त्यहाँबाट नै प्रतिस्पर्धामा छैन भन्ने विश्लेषण आएको छ। तर रास्वपाको प्रभाव पहिलेभन्दा ग्रामीण क्षेत्रमा बढेको देखिन्छ। तर ग्रामिण क्षेत्रमा बढेका प्रभाव चुनाव जित्ने तहसम्मको प्रभाव होइन भन्ने आँकलन छ। हाम्रो प्रतिस्पर्धा कांग्रेससँगै हुन्छ।’
त्यस्तै, उनले झापा क्षेत्र नम्बर ५ मा आफूहरु सुरक्षित रहेको बताउँदै सामाजिक सञ्जालमा लोकप्रिय बनाइएका बालेन शाह जाँदाको भिड कुनै निर्णायक नरहेको बताए।
‘अहिले सोसल मिडियामा लोकप्रिय बनाइएका बालेन शाह देश दौडानमा हिड्दा र युवाहरुको भिड देख्दा लहरै त्यतै होकि भनेर चर्चा गरिरहेको देखेको छु। डेढ लाख मतदाता भएको ठाउँमा ४-५ हजार आएर जम्मा हुँदा भिड देखिन्छ। त्यो भिड नै निर्णायक हो भनेर विश्लेषण गर्ने हो भने चुनाव नै हुँदैन। पहिलो पटक चर्चामा आउँदा हेर्न गएको कुरा दोस्रो पटक त्यही हुन्छ कि हुँदैन? बालेन दोस्रो पटक जाँदा त्यही भिड हुन्छ कि हुँदैन त?’ उनले भने,
उनले अहिले विदेशीको कठपुतली सरकार निर्माण भएको भन्दै भविष्यमा पनि त्यसलाई निरन्तरता दिनको लागि जेलेन्स्की जन्माउने योजनाको साथ अभियान सुरु भएको आरोप लगाए।
No ads found for this position



डिसी नेपाल
Facebook Comment