पूजा महतोले पाइन् राष्ट्रिय टोलीको कप्तानको जिम्मेवारी

डिसी नेपाल
१८ माघ २०८२ १३:३८
560
Shares

काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको कप्तानको जिम्मेवारी युवा क्रिकेटर पूजा महतोले पाएकी छिन् । नेपाल क्रिकेट संघ (क्यान) ले फेब्रुअरी १३ देखि २२ सम्म थाइल्यान्डमा आयोजना हुने एसियाली क्रिकेट काउन्सिल (एसीसी) राइजिङ स्टार्स वुमन्स एसिया कपका पूजालाई कप्तानको जिम्मेवारी दिएको हो ।

नियमित कप्तान इन्दु वर्मा घाइते भएका कारण टिममा छैनन् । इन्दु विश्वकप छनोटअन्तर्गत स्कटल्यान्डसँग कीर्तिपुरमा भएको खेलमा घाइते भएकी थिइन् । घाइते इन्दुले सो खेल बीचमै छोड्नुपरेको थियो । इन्दुले अब आठदेखि १२ हप्तासम्म खेल्न नसक्ने क्यानले जनाएको छ ।

क्यानले घोषणा गरेको १५ सदस्यीय टोलीमा कप्तान पूजा महतो, विन्दु रावल, सम्झना खड्का, रुबि पोदार, रुबिना क्षत्री, कविता जोशी, कविता कुँवर, सीता रानामगर, रिया शर्मा, रोमा थापा, सुमन विष्ट, अनु कडायत, मनिषा उपाध्याय, काजल श्रेष्ठ र सिमाना केसी छन् ।

नेपालले एसीसी राइजिङ स्टार्स एसिया कपमा पाकिस्तान ‘ए’सँग फेब्रुअरी १३, संयुक्त अरब इमिरेट्स (यूएई) सँग फेब्रुअरी १५ र भारत ‘ए’ सँग फेब्रुअरी १७ मा खेल्नेछ । पूजाले सन् २०२३ को अगस्टमा राष्ट्रिय टोलीमा डेब्यु गरेकी थिइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.