एसीसी राइजिङ स्टार्स महिला एसिया कपमा सहभागी हुने नेपाली टोलीलाई बिदाइ

डिसी नेपाल
२७ माघ २०८२ १७:२३
12
Shares

काठमाडौं। थाइल्यान्डमा हुने एसीसी राइजिङ स्टार्स महिला एसिया कपमा सहभागी हुने नेपाली टोलीलाई बिदाइ गरिएको छ।

मंगलबार आयोजित एक विशेष कार्यक्रमका बीच नेपाल क्रिकेट संघ (क्यान)ले टोलीलाई बिदाइ गरेको हो।

कप्तान इन्दु बर्मा चोटका कारण कम्तीमा ८ साताका लागि मैदानबाहिर रहने भएपछि यस पटक टिमको कप्तानी पूजा महतोले गर्ने भएकी छिन्।
यस अघि उपकप्तान रहेकी पूजाको कप्तानीमा नेपालको १५ सदस्यीय टोली पनि घोषणा गरिएको छ।

पूजाले पहिलोपटक सिनियर टोलीको कप्तानी गर्न लागेकी हुन्।

राइजिङ स्टार्स महिला एसिया कपमा नेपाल समूह ’ए’ मा भारत ’ए’, पाकिस्तान ’ए’ र यूएईसँग परेको छ।
फेब्रुअरी १३ देखि सुरु हुने प्रतियोगिताको पहिलो खेलमा नेपालले पाकिस्तान ’ए’ सँग खेल्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.