आज नेपालविरुद्ध खेल्ने छैनन् इटलीका कप्तान

डिसी नेपाल
२९ माघ २०८२ १०:४९
1.3k
Shares

काठमाडौं । टि–२० विश्वकपमा आज नेपालले इटलीसँग खेल्दैछ । इटली यस वर्ष पहिलोपटक विश्वकप खेल्दैछ । आज नेपाली समयअनुसार दिउँसो सवा ३ बजे मुम्बइको वानखेडे मैदानमा सुरु हुने खेलमा इटली आफ्ना नियमित कप्तानबिना मैदानमा उत्रिनेछ ।

इटलीका नियमित कप्तान वायन म्याडसेन घाइते छन् । उनी यसअघि सोमबार स्कटल्याण्डविरुद्ध खेल्ने क्रममा घाइते भएका थिए । यो खेलमा इटली स्कटल्याण्डसँग ७३ रनले पराजित भएको थियो । इटलीका कोच जोन डेभिसनले कप्तान म्याडसेन बिहीबारको खेल नखेल्ने पुष्टि गरेका छन् । आज नेपालविरुद्धको खेलमा टिमको कप्तानी ह्यारी मानेन्टीले गर्नेछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.