टी-२० विश्वकपमा आज तीन वटा खेल हुँदै
काठमाडौं। भारतमा जारी टी-२० विश्वकपमा आज तीन वटा खेल हुँदैछन्। शनिबार पहिलो खेलमा समुह बी अन्तर्गत आयरल्याण्ड र ओमानबीच प्रतिस्पर्धा हुँदैछ।
श्रीलंकाको कोलम्बोमा हुने यो खेल नेपाली समय अनुसार बिहान ११ः १५ बजेदेखि शुरु हुदैछ। आयरल्याण्ड र ओमान दुवैले अहिलेसम्म आफ्ना शुरुका २-२ खेलमा हार बेहोरेका छन्।
त्यस्तै आजको दोस्रो खेलमा समुह सी का इङल्याण्ड र स्कटल्याण्ड भिड्दैछन्। भारतको कोलकोतास्थित इडेन गार्डेनमा हुने यो खेल दिउसो ३ः १५ बजेदेखि शुरु हुँदैछ। जारी विश्वकपमा इङल्याण्ड र स्कटल्याण्ड दुवैले २-२ खेलमा १-१ खेल जितेका छन् भने १-१ खेलमा हार बेहोरेका छन्।
त्यस्तै,आज तेस्रो खेल समुह डी का न्यूजील्याण्ड र दक्षिण अफ्रिकाबीच हुदैछ । यो खेल नेपाली समय अनुसार साँझ ७ः १५ बजेदेखि शुरु हुँदैछ। न्यूजील्याण्ड र दक्षिण अफ्रिका दुवैले यसअघि खेलेका २-२ खेलमा नै जित हासिल गरेका छन्।







डिसी नेपाल







Facebook Comment