टी–२० विश्वकप : श्रीलङ्का र इंग्ल्याण्ड ‘सुपर एट’ मा प्रवेश

डिसी नेपाल
५ फागुन २०८२ ८:३०
88
Shares

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा अस्ट्रेलियालाई हराउँदै श्रीलङ्का ‘सुपर एट’ मा प्रवेश गरेको छ ।

सोमबार राति भएको खेलमा श्रीलङ्काले अस्ट्रेलियालाई ८ विकेटले हराएको हो । अस्ट्रेलियाले दिएको १८२ रनको लक्ष्य पछ्याएको श्रीलङ्काले १८ ओभरमा २ विकेट गुमाएर भेटाएको हो ।

श्रीलङ्काका पथुम निसानकाले शतकीय पारी खेले । उनले ५२ बलमा अविजित १ सय रन बनाए । यस्तै, कुसल मेन्डिसले ५१ रन बनाए ।
श्रीलङ्काको पल्लेकलेमा टस हारेर ब्याटिङ गरेको अस्ट्रेलियाले सबै विकेट गुमाएर १ सय ८१ रन बनायो । अस्ट्रेलियाका ट्राभिस हेडले ५६ र कप्तान मिशेल मार्शले ५४ रन बनाए ।

समूह ‘सी’मा श्रीलङ्काका लगातार ३ खेल जित्दै ६ अङ्कसहित शीर्ष स्थानमा छ । यस्तै, हिजो भएको खेलमा इटालीलाई हराउँदै इंग्ल्याण्ड ‘सुपर एट’मा प्रवेश गरेको छ । इंग्ल्याण्डले दिएको २०३ रनको लक्ष्य पछ्याएको इटाली १७८ रन बनाउँदै अलआउट भयो ।

त्यसअघि भारतको इडेन गार्डेन्समा टस जितेर ब्याटिङ गरेको इंग्ल्याण्डले ७ विकेट गुमाएर २०२ रन बनायो । इटालीलाई २४ रनले हराउँदै इंग्ल्याण्ड पनि ‘सुपर एट’ मा प्रवेश गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.