सिद्धेश्वरले उचाल्यो राष्ट्रपति रनिङ शिल्ड
टक्सार (भोजपुर)। भोजपुर रङ्गशालामा सञ्चालित सातौँ नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी भोजपुर–४ स्थित सिद्धेश्वर माध्यमिक विद्यालय दाँवाले जितेको छ।
उक्त प्रतियोगितामा सिद्धेश्वर माविले १३ स्वर्ण, छ रजत र पाँच कास्य प्राप्त गरेको छ। प्रतियोगितामा नगरभित्रका नौ विद्यालयका खेलाडीले सहभागिता जनाएका थिए। यस्तै भोजपुर–७ को विद्योदय माध्यमिक विद्यालयले नौ स्वर्ण, पाँच रजत र तीन कास्यसहित दोश्रो स्थान तथा भोजपुर–५ को पञ्चकन्या माध्यमिक विद्यालय तीन स्वर्ण, पाँच रजत र चार कास्यसहित तेस्रो बन्न सफल भयो।
प्रतियोगितामा भोजपुर–१२ टक्सारस्थित यशोधरा माध्यमिक विद्यालय चौथो, वडा नम्बर ११ आम्तेकस्थित जनकल्याण माध्यमिक विद्यालय पाँचौँ र वडा नम्बर एक भामराङस्थित सिंहदेवी माध्यमिक विद्यालयले छैटौँ स्थान प्राप्त गरेको सो नगरपालिकाका शिक्षा शाखा प्रमुख पदम प्रधानले जानकारी दिए। विजेतालाई भोजपुर नगरपालिकाका प्रमुख कैलाशकुमार आलेलगायतले शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरे।







डिसी नेपाल







Facebook Comment