आईसीसी टी-२० विश्वकपः आज सुपर-८ का दुई खेल हुँदै
काठमाडौं। आईसीसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत आज सुपर-८ का दुई खेल हुँदैछन्।
आइतबार हुने पहिलो खेलमा श्रीलंका र इंग्ल्यान्ड भिड्दैछन्। इंग्ल्यान्ड समूह ‘सी’बाट तीन जित र एक हारको सामना गर्दै सुपर आठ पुगेको हो भने श्रीलंका समूह ‘बी’बाट तीन जित र एक हारसहित सुपर आठमा पुगेको हो।
दुवै टिम समूह उपविजेता हुन्। यो खेल दिउँसो ३ बजेर १५ मिनेटमा सुरु हुँदैछ।
विश्वकपमा शनिबारबाट सुपर-८ का खेल सुरु भएका हुन्। पहिलो खेल वर्षाले अवरुद्ध हुँदा न्युजिल्याण्ड र पाकिस्तानले अंक बाँडेका छन्।
२० राष्ट्र सहभागी प्रतियोगिताबाट आयोजक भारत र श्रीलंकासहित जिम्बावे, वेस्ट इन्डिज, दक्षिण अफ्रिका, पाकिस्तान, इंग्ल्यान्ड र न्युजिल्यान्ड सुपर-८ मा पुगेका छन्।
सुपर-८ मा पुगेका टोलीमध्ये समूह एकमा भारत, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र जिम्बावे तथा समूह दुईमा इंग्ल्याण्ड, न्युजिल्याण्ड, पाकिस्तान र श्रीलंका रहेका छन् ।
दोस्रो खेलमा आइतबार साविक विजेता भारत र उपविजेता दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुँदैछ। भारतमा हुने यो भिडन्त साँझ ७ बजेर १५ मिनेटमा सुरु हुँदैछ । भारत समूह ‘ए’को विजेता हो भने दक्षिण अफ्रिका समूह ‘डी’को विजेता हो । यो विश्वकपको समूह चरणमा दुवै टिम अपराजित छन्।







डिसी नेपाल







Facebook Comment