वेस्ट इन्डिजमाथि दक्षिण अफ्रिकाको शानदार जित

डिसी नेपाल
१४ फागुन २०८२ १९:१९
40
Shares

काठमाडौं। आइसिसी टी–२० विश्वकप २०२६ को सुपर–८ को खेलमा दक्षिण अफ्रिकाले लगातार दोस्रो खेलमा जित निकालेको छ।

बिहीबार भएको खेलमा दक्षिण अफ्रिकाले वेस्ट इन्डिजमाथि नौ विकेटको शानदार जित निकालेको हो।

वेस्ट इन्डिजले दिएको १७७ रनको लक्ष्य दक्षिण अफ्रिकाले १६.१ ओभरमा एक विकेटको क्षतिमा पूरा गरेको हो।

दक्षिण अफ्रिकाका लागि कप्तान तथा ओपनर एडिन मक्रमले नटआउट ८२ रन र रयान रिकेल्टनले नटआउट ४५ रन बनाए। मक्रमले ४६ बल खेलेर ७ चौका र ४ छक्का तथा रिकेल्टनले २८ बलमा ४ चौका र २ छक्का प्रहार गरे।

त्यसअघि अर्का ओपनर क्वान्टन डि कक २४ बलमा समान ४–४ चौका र छक्का प्रहार गर्दै ४७ रन जोडेर आउट भएका थिए।

चौथो ओभरमा महत्वपूर्ण चार विकेट गुमाएको वेस्ट इन्डिज १०.२ ओभरमा ७ विकेट गुमाएर ८३ रनमा थियो।

त्यसपछि वेस्ट इन्डिजका लागि जेसन होल्डर र रोमारियो शेफर्डले आठौं विकेटका लागि ८९ रनको साझेदारी गरे। जसका कारण उसले ८ विकेटको क्षतिमा १७६ रन बनायो।

होल्डरले ३१ बलमा ४९ रन र शेफर्डले ३७ बलमा नटआउट ५२ रन बनाए। होल्डरले ४ चौका र ३ छक्का तथा होल्डरले ३ चौका र ४ छक्का प्रहार गरेका थिए। बलिङमा दक्षिण अफ्रिकाका लुङगी एनगिडीले ३ विकेट लिँदा कागिसो रबडा र कोर्विन बोचले २–२ विकेट लिए। एनगिडी र रबडा दुवैले चार ओभरभित्रै २–२ विकेट लिएका थिए।

यो जितसँगै दक्षिण अफ्रिका सेमिफाइनलको नजिक पुगेको छ। सुपर आठमा दोस्रो जित निकालेको अफ्रिकाले यसअघि भारतमाथि ७६ रनको एकतर्फी जित निकालेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.