भारत सेमिफाइनलमा, वेस्टइन्डिजलाई पाँच विकेटले हराउँदै अन्तिम चारमा प्रवेश

डिसी नेपाल
१८ फागुन २०८२ ७:५०
40
Shares

काठमाडौं। भारत आइतबार राति आईसीसी टी२० विश्वकप अन्तर्गत भएको खेलमा वेस्टइन्डिजलाई पाँच विकेटले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ।

अब भारतले आगामी मार्च ५ मा इंग्ल्यान्डसँग वानखेड़े स्टेडियममा सेमिफाइनल खेल्नेछ ।

कोलकाताको ईडन गार्डन्समा भएको खेलमा पहिले ब्याटिङ गरेको वेस्टइन्डिजले २० ओभरमा ४ विकेट गुमाएर १९५ रन बनाएको थियो । रोस्टन चेजले ४० रन बनाए भने जेसन होल्डर ३७ रनमा अविजित रहे। भारतका जसप्रीत बुमराहले दुई विकेट लिए ।

वेस्टइन्डिजले अन्तिम पाँच ओभरमा ७० रन जोड्दै बलियो स्कोर तयार गरेको थियो। १५ ओभरमा टोलीको स्कोर ४ विकेटमा १२५ रन रहेको अवस्थामा रोवमन पावेल र होल्डरले पाँचौँ विकेटका लागि अविजित ७६ रनको साझेदारी गरेका थिए ।

जवाफमा १९६ रनको लक्ष्य पछ्याएको भारतको सुरुवात कमजोर रह्यो। अभिषेक शर्मा र ईशान किशन समान १०–१० रनमा आउट भए। तिलक वर्माले २७ रन बनाए भने कप्तान सूर्यकुमार यादवले १८ रन जोडे ।

तर संजू स्यामसनले अविजित ९७ रनको उत्कृष्ट इनिङ्स खेल्दै भारतलाई जित दिलाए। उनले आफ्नो पारीमा १२ चौका र ४ छक्का प्रहार गरे ।

यस जितसँगै भारत प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ र उपाधि यात्रालाई अघि बढाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.