त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगित

डिसी नेपाल
२० फागुन २०८२ १६:४३
20
Shares

काठमाडौं। नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेपालमा हुने भनिएको त्रिकोणात्मक एकदिवसीय सिरिजको खेल स्थगित भएको जनाएको छ।

मध्यपूर्वको वर्तमान परिस्थितिलाई ध्यानमा राख्दै सिरिज तत्कालका लागि स्थगित गरिएको क्यानद्वारा आज जारी प्रेस विज्ञप्तिमा जनाइएको छ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा आयोजना गरिने भनिएको उक्त प्रतियोगिता यही फागुन २६ देखि आगामी चैत ६ गतेसम्म हुने तालिका थियो। उक्त सिरिजमा नेपालसहित युएई र ओमान समावेश छन्।

उक्त प्रतियोगिताको स्थगित खेलको नयाँ मिति आवश्यक परामर्शपछि शीघ्र सार्वजनिक गरिने क्यानका क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी ए। परिस्थितिको मूल्याङ्कन गर्दै खेल तालिका पुनःनिर्धारण गरिने उनले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.