अफगानिस्तानको पूर्वी प्रान्त नान्गार्हारमा भएकाे ड्रोन आक्रमणमा परी १८ सर्वसाधारणको ज्यान गयाे

डिसी नेपाल
३ असोज २०७६ १६:३६

जलालाबाद, अफगानिस्तान (रासस/सिन्हवा) । अफगानिस्तानको पूर्वी प्रान्त नान्गार्हारमा इस्लामिक स्टेट्स (आइएस) लडाकू समूह लुकेर बसेका स्थानलक्षित बिहीबार भएको मानवरहित विमान (ड्रोन) कारबाहीमा परी १८ अफगान नागरिकको मृत्यु भएको छ ।

यस घटनामा अन्य ६ जना घाइते भएका प्रान्तीय प्रहरी प्रवक्ता मबारिज अतालले सिन्ह्वा समाचार समितिलाई बताएका छन्।

यो कारबाही बाजिर ताङगी क्षेत्रमा नेटोआवद्ध सैनिकबाट भएको बताइएको छ। आइएस लक्षित यस कारबाहीमा दुर्भाग्यबस सर्वसाधारण परेका प्रहरी अधिकारीहरुले जानकारी दिएका छन्। यस कारबाहीको विषयमा अनुसन्धान भइरहेको जनाइएको छ।रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *