साउदी अरबको जेद्दामा पनि मनाइयो संबिधान दिवस

डिसी नेपाल
३ असोज २०७६ २२:३२

जेद्दा । महाबाणिज्य दुतावास साउदी अरब जेद्दा द्वारा चौथो संबिधान दिवस (राष्ट्रिय दिवस) भव्यताका साथ सम्पन्न भएको छ।

नेपाली जनताको ठुलो बलिदान र ७० वर्षको लामो संघर्षको उपलब्धि नेपालको संबिधान जारी गरिएको थियो र यसै दिनलाई नेपाल सरकारले राष्ट्रिय दिवसको रुपमा देश तथा विदेशमा रहेका नेपाली नियोगहरु मार्फत मनाउँदै आएको छ।

जेद्दा स्थित क्राउन प्लाजा होटलमा आयोजना गरिएको कार्यक्रममा कार्यबाहक महाबाणिज्यदुत रेवतीरमण पौडेल र उनकी श्रीमती जमूना पौडेलले प्रवेशद्वारबाट अतिथिहरुलाई स्वागत गरेकी हुन्।

कार्यक्रममा साउदी अरब जेद्दाको परराष्ट्र मन्त्रालयका (MOFA) प्रमुख जमाल बिन बाकेर बिलखयुर, राहदानी (जवाजात) कार्यालय प्रतिनिधि, साथै अन्य सरकारी निकायका प्रमुखहरु, ब्रिटिस कन्सुल जनरल साथै विभिन्न देशका कुटनीतिक नियोग प्रमुखहरु, पत्रकार, नेपालीहरुको बाहुल्यता भएका कम्पनीका प्रतिनिधि, नेपाली समुदाय, सामाजिक अभियन्ता, सामाजिक संघ संस्थाका प्रतिनिधि र सर्वसाधारणहरुको बाक्लो उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै कार्यबाहक महाबाणिज्यदुत रेवतीरमण पौडेलले राष्ट्रिय दिवसको बारेमा बोल्दै नेपाल र साउदी अरब बीच १९७७ देखि कुटनीतिक सम्बन्ध रहेको बताउदै ३ लाखभन्दा धेरै नेपालीले रोजगारी पाएको र प्रत्यक्ष वा परोक्ष रुपमा यसले नेपालको आर्थिक विकासमा ठूलो टेवा पुगेको बताउँदै नेपाल र साउदी अरब बीच बिशेष सम्बन्ध रहेको भन्दै प्रशंसा गरे।

सम्बोधन कै क्रममा नेपाल विकासोन्मुख र समृद्धिको बाटोमा लम्किदै बर्षेनी ७ प्रतिशत को दरले तीब्र आर्थिक वृद्धिदर हाँसिल गरिरहेको संक्षिप्त जानकारी गराएका थिए।

थप साउदी अरब तथा बिदेशी कुटनीतिक नियोगहरुलाई नेपाल भ्रमण गरी नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन मद्दत गर्न पनि अनुरोध गरेका थिए।

कार्यक्रम महाबाणिज्य दुतावासका सहायक बाणिज्यदुत झुपलाल पुनले सञ्चालन गरेका थिए भने कार्यक्रममा श्रम सहचारी राजु कुँवर, स्थानीय कर्मचारी दिनेश पण्डित, निर गुरुङ, राजु बास्कोटा, सौकात अली, जमाल इ ब्रहिम, महम्मद अतुल्लाहको बिशेष सहयोगमा सम्पन्न भएको थियो।

बेलुका ८ः३० देखि नेपाली राष्ट्रिय गानबाट सुरुभएको थियो भने परराष्ट्र मन्त्रालयका प्रमुखद्वारा सामुहिक रुपमा केक काटिएको थियो। कार्यक्रम राति ११ बजे समापन भएको थियो।

उक्त संबिधान दिवस कार्यक्रममा नेपाली मौलिकता झल्कने हस्तकलाका सामग्रीहरु जस्तैः सुरुपाते खुकुरी, करुवा, पानस, आन्टी, झ्याल, पास्मिना, नेपाली कार्पेट साथै नेपाली बाध्य बादनका सामाग्रीहरु प्रदर्शनीमा राखिएको थियो।

कार्यक्रम अवधि भरिनै नेपाली हिमश्रृंखला, खोलानाला, भिरपखेराको दृश्य पनि देखाइएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *