हिमालयन जाभा नेशनल बास्केटबल लिगमा कीर्तिपुर र सोलो विजयी

डिसी नेपाल
२८ फागुन २०८२ ६:५३
8
Shares

काठमाडौं। हिमालयन जाभा नेसनल बास्केटबल लिग (एचजेएनबीएल) २०२६ मा बुधबार आईआईएमएस कीर्तिपुर र सोलो बास्केटबल विजयी भएका छन्। नेपाल बास्केटबल संघ (नेबा) को आयोजनामा भइरहेको लिगमा कीर्तिपुरले रोएल्सलाई ८१-६१ ले हरायो।

मूर्तिपुरले २०-१५, २०-१३, १८-१९, २३-१४ को प्रदर्शन गरेको थियो। कीर्तिपुरका प्रशान्त महर्जनले १३ अंक स्कोर गरे। उनी एमभिपी घोषित भए।

यस्तै, बुधबारको दोस्रो खेलमा सोलो बास्केटबलले प्ले बक्स एरेनालाई प्रतिस्पर्धात्मक खेलमा ६८-६५ ले हरायो। तीन क्वाटरमा पछि परे पनि सोलोले तेस्रो क्वाटरमा बनाएको २६-१४ को अग्रता नै जितमा निर्णायक बन्यो।

प्लेबक्सले पहिलो, दोस्रो र चौथो क्वाटर क्रमशस् १५-११, २०-१९ र १६-१२ आफ्नो पक्षमा पारे पनि जितलाई पर्याप्त भएन। सोलोका प्रगुण महर्जनले ३० अंक स्कोर गरे। उनी एमभिपी घोषित भए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.