महिला टी–२० क्रिक्रेट : सिक्किम स्पोर्टिङ क्लब विजयी

डिसी नेपाल
१२ चैत २०८२ २१:४८
12
Shares

झापा। यहाँ जारी नेपाल–भारत मैत्रीपूर्ण महिला टी–२० क्रिक्रेट प्रतियोगिताअन्तर्गत आजको खेलमा भारतको सिक्किम स्पोर्टिङ क्लब विजयी भएको छ।

नेपाल–भारत मैत्री सङ्घ कोसी प्रदेश समितिको आयोजनामा भएको प्रतियोगिताको आजको खेलमा भारतकै दुन हेरिटेज सिलिगुडीलाई आठ विकेटले पराजित गर्दै सिक्किम स्पोर्टिङ क्लबले सहज जित निकालेको हो।

टस जितेर पहिले ब्याटिङ रोजेको सिलिगुडीले निर्धारित २० ओभरमा अलआउट हुँदै ४७ रन बनाएको थियो। जवाफमा सिक्किमले १३.३ ओभरमा २ विकेट क्षतिमा लक्ष्य पूरा गरेको थियो।

सिलिगुडीका लागि ह्याप्पी सरकारले १५ रन बनाइन् भने सिक्किमकी मारियन सुब्बाले चार ओभरमा केवल आठ रन खर्चिएर २ विकेट लिनुभएको थियो।

ब्याटिङतर्फ सिक्किमकी नन्दिता कुमारीले २१ रन, प्रमिला क्षेत्रीले १४ रन बनाइन्। प्लेयर अफ द म्याच सिक्किमकी मारियन सुब्बा भइन्।

समूह चरणको अन्तिम खेल शुक्रबार मिलन क्रिकेट क्लब झापा र भारतको अल्पाइन स्पोर्टिङ क्लब सिक्किमबीच हुनेछ। साथै फाइनल खेल शनिबार हुने नेपाल–भारत मैत्री सङ्घ झापाका खेलकुद संयोजक गौरव सुब्बाले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *