दिल्ली क्यापिटल्ससँग लखनउ सुपर जायन्टस पराजित

डिसी नेपाल
१९ चैत २०८२ ७:४२
72
Shares

काठमाडाैं। जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले लखनउ सुपर जायन्टसलाई ६ विकेटले हराएको छ।

गएराति भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको लखनउले निर्धारित ओभरमा मध्यम योगफल खडा गरेको थियो। तर, उक्त लक्ष्य पछ्याउने क्रममा दिल्लीका ब्याट्सम्यानहरूले आक्रामक खेल प्रदर्शन गर्दै निर्धारित ओभर अगावै जित सुनिश्चित गरेका छन् ।

लखनउले दिल्लीलाई १४२ रनको लक्ष्य दिएकोमा १७ ओभर १ बलमा ४ विकेट गुमाएर दिल्लीले जित सुनिश्चत गरेको हो ।आईपीएल क्रिकेटमा आज नेपाली समयअनुसार बेलुका पौने ८ बजे कोलकाता नाईट राइडर्स र सनराईज हैदरावादबीच प्रतिस्पर्धा हुँदैछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *