जब १७२ यात्रु बोकेको एयर इण्डियाको विमान तुफानमा फस्यो

डिसी नेपाल
५ असोज २०७६ १७:५६

नयाँ दिल्ली (एजेन्सी)। एयर इण्डियाको दिल्लीदेखि कोच्ची हुँदै तिरुवनम्तपुरमका दागि उडेको विमान शुक्रबार तुफानमा फस्यो। समाचार एजेन्सीहरुका अनुसार विमानमा १७२ जना यात्रु थिए। यात्रीहरुलाई कुनै नोक्सान भएन र विमान सुरक्षित अपतरण गराइएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।

यो घटनाको जाँच एयरलाइन्स सुरक्षा विभागले गरिरहेको छ। विमानले कोच्चीदेखि त्रिवेन्द्रमका लागि उडान भरेको थियो। बाटोमा यो विमान तुफानमा फस्यो। जसका कारण ए३२१ विमानलाई निरीक्षणका लागि तत्काल अवतरण गराइयो।

विमानमा सामान्य क्षति भएको छ। विमानको अचानक अवतरण तथा निरीक्षणमा लागेको समयका कारण उडान करिब ४ घण्टा ढिलो भयो।

एक हप्तामा आकाशमा विमान संकटमा फसेको यो दोस्रो घटना हो। यसअघि १७ सेप्टेम्बरमा दिल्लीदेखि विजयवाडाका लागि उडेको एयर इण्डियाको एक ए३२० विमानमा चट्यांग परेको थियो।

जसका कारण केबिन क्रूका एक सदस्य सामान्य घाइते भएका थिए। तर, विमानका सबै यात्रु सुरक्षित रहेको थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *