सशस्त्र प्रहरी महानिरीक्षक कप खेलकुद प्रतियोगिता सुरु
काठमाडौं। नेपाल एपीएफ रंगशालामा चैत्र २४ गतेदेखि ‘सशस्त्र प्रहरी महानिरीक्षक कप २०८२’ खेलकुद प्रतियोगिता सुरु भएको छ। उक्त प्रतियोगिताको सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले उद्घाटन गरेका हुन्।
प्रतियोगिताको उद्घाटन खेलमा रिले दौडतर्फ विजय भएका पुरुष तथा महिला खेलाडीहरुलाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पौडेलले पुरस्कार समेत वितरण गरेका थिए।
त्यसैगरी आजै सम्पन्न भएको फुटबल खेलमा सशस्त्र प्रहरी बल नेपाल नं. ५ विन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देही, नं. ४ मुक्तिनाथ बाहिनी मुख्यालय कास्की र नं. ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलाली विजयी भएका छन्।
विजयी सशस्त्र प्रहरी बल नेपाल नं. ५ विन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देहीले नं.३ गढीमाई बाहिनी मुख्यालय मकवानपुरलाई ४–० ले, नं. ४ मुक्तिनाथ बाहिनी मुख्यालय कास्कीले नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतलाई पेनाल्टी सुटआउटमा ४–३ र नं. ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीले नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीलाई पेनाल्टी सुटआउटमा ४–२ को गोल अन्तरले पराजित गरी विजयी भएको हो।
त्यसैगरी भलिबलतर्फको खेलमा सशस्त्र प्रहरी बल नेपाल नं. ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीले नं. १ बराह बाहिनी मुख्यालय सुनसरीलाई २५–१५, २५–२० र २५–१८ तथा नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीले नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतलाई २५–२०, २५–२१ र २५–१६ को सोझो सेटमा पराजित गरी विजयी भएको हो।
प्रतियोगितामा सशस्त्र प्रहरी बल नेपाल प्रशिक्षण प्रतिष्ठान तथा ८ वटा बाहिनी मुख्यालय गरी ९ वटा कार्यालयका खेलाडीहरुको सहभागिता रहेको छ। प्रतियोगितामा फुटबल, भलिबल, एथ्लेटिक्स र कबड्डी गरी चार खेलहरु समावेश गरिएको छ।
सशस्त्र प्रहरी बल नेपालका पुरुष तथा महिला गरी ६ सय २२ जना खेलाडी सहभागी रहेको सो प्रतियोगिता यही चैत्र २९ गतेसम्म संचालन हुनेछ।
कार्यक्रममा सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृत, अधिकृत तथा विल्लादार जवान र विभिन्न विधाका खेलाडीहरुको उपस्थिती रहेको थियो।







डिसी नेपाल







Facebook Comment