टोस्टमास्टर्स फुटसल लिग कप २०८३ को घोषणा, वैशाख ५ देखि सुरु हुने

डिसी नेपाल
२८ चैत २०८२ १७:२८
24
Shares

काठमाडौं। टोस्टमास्टर्स फुटसल लिग कप २०८३ आगामी वैशाख ५ गते (अप्रिल १८, २०२६) देखि आयोजना हुने भएको छ। प्रतियोगिताको औपचारिक घोषणा शनिबार काठमाडौंमा गरिएको हो।

टोस्टमास्टर्स समुदायअन्तर्गत आयोजना हुन लागेको यस लिगले खेलसँगै नेतृत्व विकास, प्रभावकारी सञ्चार र टिमवर्कलाई प्रवद्र्धन गर्ने उद्देश्य राखेको आयोजकले जनाएको छ।

आयोजकका अनुसार, प्रतियोगितामा ८ टोलीको सहभागिता रहनेछ। सहभागी टोलीहरूमा अथर्वा, अग्नि स्कर्पियन्स, काठमाडौं लेजेन्ड्स, डीबी अट्याकर्स, ह्वाइटहाउस वारियर्स, एस्प्रेसो बाई बी एन्ड जी, थ्री टाइटन्स र पोर्ट एजुकेसन रहेका छन्।

प्रतियोगितालाई दुई समूह (ग्रुप ‘ए’ र ‘बी’) मा विभाजन गरिनेछ। प्रत्येक समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् भने त्यसपछि फाइनल खेलमार्फत विजेता घोषणा गरिनेछ।

आयोजकका अनुसार, यो कप प्रतियोगिताले आगामी असार÷साउन (जुलाई २०२६) मा हुने मुख्य टोस्टमास्टर्स फुटसल लिगका लागि आधार तयार गर्नेछ। मुख्य लिगमा टोलीहरूले विभिन्न चरणमा प्रतिस्पर्धा गर्नेछन् र सर्वाधिक अंक ल्याउने टोलीलाई विजेता घोषणा गरिनेछ।

प्रतियोगितामा विभिन्न संघसंस्थाको साझेदारी रहेको छ। शीर्ष प्रायोजकका रूपमा अन्तर्राष्ट्रिय प्रविधि कम्पनी रहेको छ। त्यस्तै, महालक्ष्मी विकास बैंक र नेपाल स्टेम एलायन्स सह–प्रायोजक (पावर्ड बाइ पार्टनर) रहेका छन्।

यसैगरी, देभ कलेज भेन्यू पार्टनर, ट्रान्क्विलिटी स्पा वेलनेस पार्टनर, रियल जुस बेभरेज पार्टनर, कफी वाला एजेन्सी क्रिएटिभ पार्टनर, क्लासिको स्पोट्र्सवेयर जर्सी पार्टनर, एक र शून्य टेक पार्टनर, ह्वाइट हेभन एकेडेमी ग्राउन्ड पार्टनर रहेका छन्।

स्वास्थ्य सेवातर्फ नेपाल मेडिसिटी अस्पताल मेडिकल पार्टनर तथा जोइन्ट एम्बुलेन्स ड्राइभर्स एसोसिएसन मेडिकल रेस्पोन्स पार्टनरको रूपमा रहेका छन्। त्यस्तै, फोन स्टोर र डेनारा ब्याग्स गिफ्टिङ पार्टनरका रूपमा सहभागी छन्।

आयोजकले सशक्त साझेदारी र सहभागी टोलीहरूको उत्साहजनक उपस्थितिका कारण प्रतियोगिता थप रोमाञ्चक हुने अपेक्षा गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *