काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)को खेलमा रोयल च्यालेन्जर्स बैंगलुरु (आरसीबी) विजयी भएको छ ।
आइतबार राति भएको खेलमा आरसीबीले मुम्बई इन्डियन्सलाई १८ रनले पराजित गरेको हो ।
टस हारेर ब्याटिङको निम्तो पाएको आरसीबीले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २४० रन बनाएको थियो ।
आरसिबीका लागि फिल साल्ट, विराट कोहली र राजीव पार्टीदारले अर्धशतक बनाए ।
आरसीबीका लागि फिल सल्टले ३६ बलमा ७८ रन बनाए । त्यस्तै, रजत पाटीदारले २० बलमा ५३ रन तथा विराट कोहलीले ३८ बलमा ५० रनको अर्धशतकीय पारी खेलेका थिए ।
२४१ रनको विशाल लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २२२ रन मात्र बनाउन सक्यो ।
यो जितसँगै आरसीबीले तालिकामा महत्वपूर्ण २ अङ्क जोडेको छ







डिसी नेपाल







Facebook Comment