धनुषाका वरिष्ठ सई निलम्बित, डीआईजी थपलियाको नाम बदनाम गरेको आरोप
धनुषा। जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत प्रहरी वरिष्ठ नायव निरीक्षक सागरशम्सेर जबराको निलम्बनको प्रक्रिया अघि बढेको छ।
मधेश प्रदेश प्रहरी कार्यालयले विज्ञप्ति जारी गर्दै वरिष्ठ सई जबरालाई निलम्बनको प्रक्रिया अघि बढाइएको जानकारी गराएको छ। जबराले व्यापारीसँग बनावटी कथा रचेर अडियो बनाई आफ्नै कार्यालय प्रमुख तथा संगठनलाई बदनाम गरेको आरोप छ।
’संगठनलाई नै बदनाम गराउने उद्देश्यले प्रहरी आचरण विपरीत कार्य गरेको हुँदा प्रहरी नियमावली बमोजिम निलम्बन गर्न प्रक्रिया अघि बढाई सकिएको छ,’ विज्ञप्तिमा भनिएको छ, ’यस कार्यालयबाट आवश्यक अनुसन्धान र छानबिन कार्य भइरहेको छ।’
सामाजिक सञ्जालमा बाहिरिएको एक जबराको मोबाइल संवादमा तस्कर राजीव महासेठले मधेश प्रदेश प्रहरी प्रमुख डिआइजी गोविन्द थपलियाको नाम जोडेर विभिन्न व्यापारीहरूसँग रकम असुली गर्ने गरेको र उक्त रकम प्रहरीमार्फत वितरण हुने गरेको दाबी गरिएको छ।







डिसी नेपाल







Facebook Comment