ओमानसँगको खेलको लागि नेपाल ‘ए’ टोलीको घोषणा

डिसी नेपाल
८ वैशाख २०८३ १८:५१

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान)ले ओमानविरुद्ध हुने दुई एकदिवसीय खेलका लागि आज नेपाल ‘ए’ टोलीको घोषणा गरेको छ।

यही वैशाख ९ र ११ गते हुने दुई दिने उक्त खेलको लागि आज १४ सदस्यीय नेपाली टोली छनोट गरेको क्यानको प्रवक्ता छुम्बी लामाले जानकारी दिए।

छनोट हुने खेलाडीमा कप्तान अनिलकुमार साहसहित देव खनाल, ईशान पाण्डे, सन्दीप जोरा, नृपराज दास, कुशल मल्ल, सन्तोष यादव, राशिद खान, साहब आलम, हेमन्त धामी, रिजन ढकाल, आकाश चन्द, युवराज खत्री र शेर मल्ल समावेश छन्।

क्यानले घरेलु मैदानमा आयोजना गर्न लागेको यो शृङ्खला युवा खेलाडीको क्षमता परीक्षण र अन्तरराष्ट्रियस्तरको अनुभव दिलाउने उद्देश्यले महत्त्वपूर्ण मानिएको छ। ओमान जस्तो प्रतिस्पर्धी टोलीविरुद्धको खेलले नेपाल ‘ए’का खेलाडीलाई भविष्यका ठूला प्रतियोगिताका लागि तयार पार्न सहयोग पुग्ने क्यानको अपेक्षा छ।

उक्त खेल काठमाडौंस्थित मुलपानी क्रिकेट मैदानमा सञ्चालन हुनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *