संसद निलम्बनबारे बेलायती सर्वोच्च अदालतले मङ्गलबार निर्णय गर्ने

डिसी नेपाल
६ असोज २०७६ २३:४२

लण्डन (रासस/एएफपी) । बेलायतको सर्वोच्च अदालतले संसद निलम्वनसम्बन्धी मुद्दामा मङ्गलबार निर्णय गर्ने भएको छ।

प्रधानमन्त्री बोरिस जोनसनले गरेको निलम्बनसम्वन्धी निर्णयका विरुद्धमा सर्वोच्च अदालतमा केही दिन पहिले मुद्दा दर्ता भएको थियो।

युरोपेली संघबाट बेलायतलाई बहिर्गमन गराउने विषयलाई आफ्नो अनुकुल वातावरण बनाउन प्रधानमन्त्री जोनसनले संसद निलम्बन गरे।

गत हप्ता अदालतमा तीन दिनसम्म भएको बहसपछि अदालतले मङ्गलबार निर्णय सुनाउने भएको हो। कुल ११ मध्ये सात जना न्यायाधीशहरूको इजलाशले यस बारेमा निर्णय गर्न लागेको एक जना प्रवक्ताले जानकारी दिएका छन्।

बेलायतको प्रधानमन्त्रीका रूपमा गत जुलाईमा मात्रै जोनसनले पदबहाली गरेका हुन्। जिम्मेवारी लिएको छोटो अवधिमै उनी संकटमा परेका विश्लेषण गरिएको छ।

संसद निलम्बन गर्ने निर्णयले उनलाई थप संकटमा पारेको बेलायती संचार माध्यमहरूले लेखेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *