दलित समूदायको अवस्थाबारे गम्भीर समीक्षा आवश्यक छ : अध्यक्ष विश्वकर्मा

डिसी नेपाल
१५ वैशाख २०८३ १८:०२

काठमाडौं। राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले दलित समुदायको सशक्तिकरणका गम्भीर समिक्षा गर्नुपर्ने औंल्याएका छन्।

मंगलबार आयोजित कार्यक्रममा बोल्दै उनले दलित समुदाय सशक्तिकरणको लागि प्रशस्त काम गर्न बाँकी रहेको बताएका हुन्।

उनले भने, ‘दलित समुदायको अवस्थाको विषयमा समिक्षा हुनुपर्छ र त्यो समिक्षाको आधारमा आगामी दलित समूदायको सशक्तिकरणका लागि गम्भीर छलफल हुनुपर्छ।’

उनले ‘दलित’ शब्दको विकल्पको विषयमा कुरा बृहत रुपमा उठिराखेको जानकारी दिए।

उनले भने, ‘दलित शब्दको विकल्पको विषयमा पनि कुरा उठिराखेको छ र दलित आयोगमा सबभन्दा धेरै आउने यस्ता विवादका विषयहरुमा समीक्षा गर्नुपर्नेछ। त्यसकारणले कुनै घटनाको विषयमा आयोगले के कि गरेन कि भन्ने विषयमा केही भन्न चाहन्न। किनकि आयोगले मुद्दामा धेरै काम गरेको छ।’

उनले दलित समुदायको वास्तविक अवस्था बुझ्न र सुधारका लागि ठोस नीति निर्माण गर्न अब ढिलाइ नगरी समग्र समीक्षा गरेर अघि बढाउनुपर्नेमा जोड दिए।

सिन्धुली घटनाको सन्दर्भमा पनि आयोगले आवश्यक अनुगमन र पहल गरिसकेको उनले जानकारी दिए। उक्त विषयमा आयोगले आफ्नो आधिकारिक विज्ञप्ति तथा सामाजिक सञ्जालमार्फत जानकारी सार्वजनिक गरिसकेको उनले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *