पाकिस्तानमा शक्तिशाली भूकम्पः ज्यान गुमाउनेको संख्या १९ पुग्यो (अपडेट)
काठमाडौं। पाकिस्तानमा मंगलबार साँझ गएको शक्तिशाली भूकम्पमा परी १९ जनाको ज्यान गएको छ।
पाकिस्तान प्रशासित कश्मीरमा केन्द्रविन्दु बनाएर आएको भूकम्पले कम्तिमा १९ जनाको मृत्यु भएको बीबीसीमा उल्लेख गरिएको छ। बीबीसीका अनुसार ३ सय भन्दा बढी मानि घाईते भएका छन्।
अमेरिकी भूगर्भ विभागका अनुसार ५.८ रेक्टर स्केलको भूकम्पको झट्का महसुस गरिएको छ। पाकिस्तानको पञ्जाव प्रान्तको झेलम जिल्लामा केन्द्रविन्दु बनाएर भूकम्पको झट्का लागेको बीबीसीले जनाएको छ।
भूकम्पका कारण पाकिस्तान प्रशासित कश्मीर, पेशावर, राजधानी इस्लामावादमा पनि क्षति भएको विवरणहरु प्राप्त भएका छन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment