आईपीएल: लखनउसँग बैंगलुरु स्तब्ध, शीर्ष स्थानमा उक्लने मौका गुमायो
काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न प्रतिस्पर्धात्मक खेलमा रोयल च्यालेन्जर्स बैंगलुरु लखनउ सुपर जायन्ट्ससँग पराजित भएको छ।
लखनउको घरेलु मैदानमा वर्षाका कारण १९ ओभरमा झारिएको उक्त खेलमा लखनउले डिएलएस पद्धतिका आधारमा ९ विकेटको सानदार जित दर्ता गरेको हो। यो हारसँगै तालिकाको शीर्ष स्थानमा उक्लने बैंगलुरुको योजनामा धक्का लागेको छ।
लखनउले प्रस्तुत गरेको २ सय ९ रनको विशाल लक्ष्य पछ्याएको बैंगलुरुले निर्धारित १९ ओभरमा ६ विकेट गुमाउँदै २ सय ३ रन मात्र जोड्न सक्यो। बैंगलुरुका लागि रजत पाटीदारले ६१ रनको उत्कृष्ट अर्धशतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन्।
त्यस्तै टिम डेभिडले ४० र देवदत्त पडिक्कलले ३४ रनको योगदान दिए। बलिङतर्फ लखनउका प्रिन्स यादवले महत्वपूर्ण ३ विकेट लिएका थिए।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लखनउले १९ ओभरमा मात्र ३ विकेट गुमाएर २ सय ९ रनको बलियो योगफल खडा गरेको थियो। लखनउको जितमा मिचेल मार्शले १ सय ११ रनको आक्रामक शतकीय इनिङ खेले भने निकोलस पूरनले ३८ र ऋषभ पन्तले ३२ रन जोडे।
जितका बाबजुद लखनउ १० खेलबाट ६ अंकका साथ तालिकाको पुछारमै छ भने १२ अंकसहित बैंगलुरु तेस्रो स्थानमा यथावत छ। हाल १४ अंकसहित सनराइजर्स हैदराबाद शीर्ष र १३ अंकसहित पन्जाब किंग्स दोस्रो स्थानमा रहेका छन।







डिसी नेपाल







Facebook Comment