क्रिकेटर लोकेश बम निसर्ग हस्पिटलको ब्रान्ड एम्बासडर
कैलाली । कैलालीस्थित निसर्ग हस्पिटलले नेपाली क्रिकेटका प्रतिभाशाली खेलाडी लोकेश बमलाई आफ्नो आधिकारिक ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ। राष्ट्रिय तथा घरेलु क्रिकेट संरचनामा आफ्नो आक्रामक ब्याटिङ शैली र स्थिर प्रदर्शनका कारण चर्चामा रहेका बमको संलग्नताले अस्पतालको सामाजिक तथा स्वास्थ्य अभियानलाई थप गति दिने अपेक्षा गरिएको छ।
लोकेश बम नेपाली क्रिकेटमा पछिल्लो समय उदाउँदै गरेका प्रतिभाशाली खेलाडीमध्ये एक हुन्। घरेलु प्रतियोगितादेखि लिएर राष्ट्रिय टोलीको छनोट प्रक्रियासम्म आफ्नो उपस्थिति जनाउँदै आएका बमले खेलमैदानमा देखाएको आत्मविश्वास, अनुशासन र आक्रामक खेल शैलीका कारण क्रिकेटप्रेमीबीच छुट्टै पहिचान बनाएका छन्। युवा पुस्तामा लोकप्रिय रहेका उनी भविष्यका सम्भावित राष्ट्रिय स्तम्भका रूपमा पनि हेरिन्छन्।
निसर्ग हस्पिटलले लामो समयदेखि विपन्न तथा असहाय बिरामीहरूका लागि निःशुल्क तथा विशेष छुटसहितको स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ। आर्थिक अभावका कारण कुनै पनि बिरामी उपचारबाट वञ्चित नहोस् भन्ने उद्देश्यले अस्पतालले निरन्तर रूपमा सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै आएको छ।
त्यसैगरी, गौशाला सहयोग, अनाथ बालबालिकाका लागि शिक्षा तथा आर्थिक सहायता, साथै स्वास्थ्य र शिक्षासँग सम्बन्धित संघ–संस्थाहरूसँग सहकार्य गर्दै अस्पतालले मानविय सेवाका विभिन्न कार्यक्रमलाई अघि बढाइरहेको छ।
ब्रान्ड एम्बासडरमा नियुक्त भएका लोकेश बमको संलग्नताले विशेषगरी युवा पुस्तामा स्वास्थ्य सचेतना फैलाउने, खेलकुद र स्वस्थ जीवनशैलीबीचको सम्बन्धलाई जोड्ने तथा अस्पतालका सामाजिक कार्यक्रमलाई राष्ट्रिय स्तरमा विस्तार गर्न महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
निसर्ग हस्पिटलले आगामी दिनमा पनि स्वास्थ्य सेवासँगै सामाजिक उत्तरदायित्व र मानव सेवाका कार्यक्रमलाई अझ प्रभावकारी बनाउँदै अघि बढ्ने प्रतिबद्धता जनाएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment