ओभरटेक गर्दा बस सडकमै पल्टियो, १७ जना घाइते
धनुषामा बस दुर्घटना: ओभरटेक गर्ने क्रममा बस पल्टिँदा १७ यात्रु घाइते
धनुषा। पूर्व-पश्चिम लोकमार्गअन्तर्गत धनुषाको मिथिला नगरपालिका-९ स्थित फुटबल मैदान नजिकै आज बिहान बस दुर्घटना भएको छ।
काठमाडौंबाट विराटनगरतर्फ जाँदै गरेको बागमती प्रदेश ०१-००६ ख ५२३७ नम्बरको बस अनियन्त्रित भई सडकमा पल्टिँदा चालकसहित १७ जना घाइते भएका हुन्।
इलाका प्रहरी कार्यालय ढल्केवरका अनुसार अर्को बसलाई उछिन्ने (ओभरटेक गर्ने) प्रयास गर्दा चालकले नियन्त्रण गुमाएपछि उक्त दुर्घटना भएको हो। दुर्घटनाको समयमा बसमा कुल ३३ जना यात्रु सवार थिए।
घाइते भएका १७ जनाको लालगढस्थित मोडल अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाका कारण केही समय सडक अवरुद्ध भए पनि प्रहरीले सवारी आवागमन सुचारु गराएको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment