मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

डिसी नेपाल
३० वैशाख २०८३ ११:२७

सर्लाही। रामनगरमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ भने अर्का एक युवक गम्भीर घाइते भएका छन्।

गए राति बरहथवाबाट मधुवनीतर्फ गइरहेको ज ७ प २६१३ नम्बरको मोटरसाइकल नयाँरोड-मधुवनी सडकखण्डअन्तर्गत रामनगर गाउँपालिका-५ वैजनाथ चोकमा दुर्घटना हुँदा मोटरसाइकल चालक भारतको सीतामढी ग्रामपञ्चायत ढेगका ३५ वर्षीय गौरव पटेलको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सरोज राईका अनुसार मोटरसाइकलमा सवार २३ वर्षका सोही स्थानका उज्ज्वल पटेल गम्भीर घाइते भएका छन्। निजको सीतामढीमा उपचार भइरहेको उनले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *