नेपाल अन्तरराष्ट्रिय महिला भलिबलको सेमिफाइनलमा प्रवेश
काठमाडौं। नेपालले माल्दिभ्सलाई पराजित गर्दै सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज सम्पन्न समूह चरणको अन्तिम खेलमा नेपालले माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा पुगेको हो। नेपाल समूह ‘ए’बाट सेमिफाइनल पुगेको हो।
जितसँगै तीन खेल खेलेको नेपालको सात अङ्कसहित अङ्क तालिकाको शीर्षस्थानमा छ। नेपाल आफ्नो पहिलो खेलमा भारतसँग पराजित भएको थियो भने हिजो भएको दोस्रो खेलमा नेपालले कीर्गिस्तानलाई हराएको थियो।
त्यसैगरी नेपालकै समूहमा रहेको भारत दोस्रो स्थानमा छ। भारतको पाँच अङ्क छ। त्यस्तै सोही समूहमा रहेको कीर्गिस्तानको तीन अङ्क छ भने माल्दिभ्स अङ्कविहीन रहँदै समूह चरणबाट बाहिरिएको छ।
त्यस्तै सोमबार हुने समूह ‘ए’अन्तर्गत भारत र कीर्गिस्तानको खेलपछि नेपालको समूहको विजेता र उपविजेता टुङ्गो लाग्नेछ।
नेपालले आज माल्दिभ्समाथि पहिलो सेट २५–१२ ले आफ्नो पक्षमा पा¥यो भने खेलको दोस्रो सेट २५–९ ले जित्यो। त्यस्तै खेलको तेस्रो तथा अन्तिम सेट नेपालले माल्दिभ्समाथि २५–२० को जित निकाल्यो।
त्यस्तै समूह ‘बी’बाट भने कजाखस्तान र इरान सेमिफाइनलमा पुगेका छन्। कजाखस्तानले बङ्गलादेशलाई ३–० सेटमा हराउँदा इरानले श्रीलङ्कालाई पनि ३–० कै सेटमा हरायो। प्रतियोगिताको समूह ‘बी’बाट श्रीलङ्का र बङ्गलादेश समूह चरणबाटै बाहिरिएका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment