इजिप्टले विरोधी नियन्त्रणको शैलीलाई ‘व्यापक परिवर्तन’ गर्नुपर्छः राष्ट्रसङ्घ
जेनेभा । संयुक्त राष्ट्रसङ्घले इजिप्टका अधिकारीहरूलाई ‘उनीहरूको विरोध नियन्त्रणको शैली’ लाई व्यापक परिवर्तन गर्नुपर्ने बताएको छ ।
पछिल्ला केही दिनमा इजिप्टका राष्ट्रपति अब्देल फताह अल–सिसी विरोधी प्रदर्शनमा करिब दुई हजार प्रदर्शनकारीलाई पक्राउ गरिएको रिपोर्टहरूपछि शुक्रबार राष्ट्रसङ्घले सरकारलाई उक्त चेतावनी दिएको हो ।
राष्ट्रसङ्घका मानवअधिकार मामिला प्रमुख मिसेल ब्याचलेटले भन्नुभयो, “मैले इजिप्टका अधिकारीहरूलाई शुक्रबार हुने र आगामी विरोधका कार्यक्रमलाई शान्त गर्न फरक नीति अवलम्वन गर्न सचेत गराउन चाहन्छु ।”
शान्तिपूर्ण आन्दोलनमा पक्राउ परी हिरासतमा राखिएका सबैजनालाई मानवअधिकारको अन्तर्राष्ट्रिय कानूनप्रति इमान्दारिता प्रकट गर्दै रिहाइका लागि पनि उनले सरकारी पक्षलाई आग्रह गरेका छन् ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment