प्राध्यापकले विद्यार्थीको बच्चा ३ घण्टासम्म बोकेर पढाइन्

डिसी नेपाल
११ असोज २०७६ १२:२६

जर्जिया। अमेरिकाको लरेन्सभिलेको ग्विनेट कलेजकी एक सहायक प्राध्यापकले आफ्नी १ विद्यार्थीको बच्चालाई ३ घण्टाम्म बोकेर पढाइन् ताकि बच्चाकी आमाले आरामसँग पढ्न सकुन् । यो घटनाको एउटा फोटो भाइरल भइरहेको छ । यो फोटो प्राध्यापककी छोरीले २० सेप्टेम्बरमा सामाजिक संजालमा शेयर गरेकी थिइन् । यो फोटो ५७ हजार भन्दा धेरै पटक लाइक गरिएको छ र ११ हजारभन्दा धेरै पटक रिट्वीट गरिएको छ ।

डा. रमता सिसोको सिसे नामकी यी प्राध्यापक ग्विनेट कलेजमा बायोलोजी, एनाटोमी र फिजियोलोजी पढाउँछिन् । केही दिन पहिले उनकी एक विद्यार्थी आफ्नो बच्चासँग आइन् । विद्यार्थीका अनुसार त्यो दिन उनको बच्चाको हेरचाह गर्नको लागि कुनै बेबीसिटर नपाइएपछि उनले बच्चालाई लिएर कलेज आएकी थिइन् । उनले प्राध्यापकसँग बच्चाको साथमै कक्षामा बसेर पढ्न अनुमति मागिन् ।

प्राध्यापक सिसका अनुसार ती आमा पढाइमा निकै प्रतिभाशाली र मेनती छिन् । त्यसमाथि उनको परीक्षा पनि नजिकै आइसकेको थियो । त्यसैले उनले ती विद्यार्थीलाई कक्षामा बसेर पढ्न अनुमति दिइन् । कक्षा चलिरहेका बेला प्राध्यापक सिसेलाई ती आमालाई बच्चाको साथमा ठिकसँग लेख्न समस्या भएको महसुस भयो । उनले एक आमाको विवशता बुझेर बच्चा आफूले लिइन् । त्यसपछि ३ घण्टासम्म उनले बच्चा बोकेरै पढाइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *