लघुकथा : कमेन्ट
उसले लाइक गर्यो।
कसैले कमेन्टमा लेखेको रहेछ- ‘राम्रो!’
उसले त्यसलाई कपी गर्यो र आफ्नो कमेन्टमा पनि ठोकिसक्यो- ‘राम्रो!’
सगुनले झाँको झार्यो, “त्यो झुर लघुकथामा त्यस्तो राम्रो तैँले के देखिस् हँ?”
उसले लघुकथा पढेकै थिएन, के भनोस्!
एकछिन घोरियो र जबाफ फर्कायो, “फोटो हेर्न, फोटो! क्या ‘च्वाँक’ छ।”
प्रतिक्रिया












Facebook Comment