नेपाल प्रहरीका दुई डीआईजीको सरुवा, अख्तियारमा अरुण पौडेल
काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका दुई जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) को सरुवा गरेको छ। मन्त्रालयले असार १९ गते मन्त्रीस्तरीय निर्णय गर्दै जनपद प्रहरी समूहतर्फका दुई उच्च अधिकारीको जिम्मेवारी हेरफेर गरेको हो।
नयाँ निर्णयअनुसार प्रहरी प्रधान कार्यालय, कार्य विभागको कार्य निर्देशनालय, नक्सालमा कार्यरत डीआईजी अरुण पौडेलको अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रहरी महाशाखा, टंगालमा सरुवा भएको छ।
यसैगरी, यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत डीआईजी शेखर खनाललाई प्रहरी प्रधान कार्यालय, कार्य विभाग, कार्य निर्देशनालय नक्सालमा सरुवा गरिएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment