बुबाको हत्या गरेको अभियोगमा छोरा पक्राउ
काठमाडौं। आफ्नै बुबा ६० वर्षीय धन नारायण सुनारको हत्या गरेको अभियोगमा गंगाजमुना गाउँपालिका-४ यार्सा बस्ने ३५ वर्षीय सुजन सुनारलाई प्रहरीले पक्राउ गरेको छ।
सुजनले फलामको रड प्रहार गर्दा धन नारायण गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय फुलखर्कबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
गम्भीर घाइते भएका धन नारायणको ग्रामिण अस्पताल फुलखर्कमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment