त्रिपुरेश्वरमा सातौं अन्तर्राष्ट्रिय सोतोकान कराँते
काठमाडौं। त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा शुक्रबाट सुरु भएको तीनदिने कार्यक्रमको पहिलो दिन प्राविधिक सेमिनारको आयोजना गरिएको छ।
विश्व सोतोकान कराँते महासङ्घका उप–मुख्य प्रशिक्षक तथा विशेष अतिथि तारो कासुयाले उक्त सेमिनारको अगुवाई गरेका थिए।
नेपाल सोतोकान कराते सङ्घका अध्यक्ष तथा प्रमुख प्रशिक्षक हेम कुमार श्रेष्ठको अध्यक्षतामा भएको उद्घाटन समारोहका अवसरमा संघका महासचिव रञ्जन प्रकाश श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए।
त्यसैगरी नेपाल सोतोकान कराते सङ्घका प्रमुख सल्लाहकार विष्णुगोपाल श्रेष्ठले आफ्नो धारणा प्रस्तुत गरेका थिए।ष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य–सचिव रामचरित्र मेहताले सातौं अन्तर्राष्ट्रिय सोतोकान कराते प्रतियोगिताको उद्घाटन गरेका थिए ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment