विश्वकप २०२६ : अर्जेन्टिनाविरुद्ध इजिप्टको अग्रता, पेनाल्टीमा चुके मेसी
एटलान्टा । फिफा विश्वकप २०२६ को अन्तिम १६ अन्तर्गत भइरहेको रोमाञ्चक खेलमा साविक विजेता अर्जेन्टिनालाई पछि पार्दै इजिप्टले अग्रता लिएको छ।
अमेरिकाको एटलान्टा स्टेडियममा जारी खेलको १५ औँ मिनेटमा यासेर इब्राहिमले गोल गर्दै इजिप्टलाई १–० को अग्रता दिलाएका हुन्। मरवान अतियाले उपलब्ध गराएको सुन्दर पासलाई सदुपयोग गर्दै इब्राहिमले उत्कृष्ट ‘हेड’ गोल गरेका हुन्। खेलको सुरुवातदेखि नै निकै आक्रामक देखिएको इजिप्टले अर्जेन्टिनामाथि दबाब कायम राखेको छ।
उता, खेलमा फर्कने सुवर्ण अवसर गुमाउँदा अर्जेन्टिना भने निराश बनेको छ। डिबक्सभित्र अर्जेन्टिनी खेलाडी लडाइए पछि टोलीले पेनाल्टीको मौका पाएको थियो। तर, कप्तान लियोनल मेसीको प्रहारलाई इजिप्टका गोलकिपरले सहजै रोकिदिएपछि अर्जेन्टिना बराबरी गर्नबाट वञ्चित रह्यो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment