यी सुन्दरी जसले इन्स्टाग्राममा फोटो पोस्ट गरेकै कारण ज्यान गुमाइन्, आफ्नै दाजुले मारिदिए

डिसी नेपाल
१२ असोज २०७६ १३:३१

काठमाडौं। पाकिस्तानकी इन्स्टाग्राम स्टार कंदील बलोच हत्याकाण्डमा अदालतले सजायको घोषणा गरेको छ । कंदीलका दाजु मोहम्मद वसीमलाई आजीवन कारावासको सजाय सुनाइएको छ । फैसलाका क्रममा न्यायाधीशले भने ‘आरोपीले गिरफ्तारीपछि अपराध स्वीकार गरेका थिए । उनीविरुद्ध पर्याप्त प्रमाण पनि छन् । यो अनर किलिङको घटना हो । वसीमलाई आजीवन कारावासको सजाय दिइन्छ ।’

कंदील आफ्ना इन्स्टाग्राम पोस्टका कारण पाकिस्तानमा मात्र नभइ बाहिर पनि निकै लोकप्रिय भएकी थिइन् । बलोच समुदायमा उनको निकै आलोचना भएको थियो । पछि उनकै दाजुले उनको हत्या गरिदिए । कंदील हत्याको आरोपमा मुफ्ती अब्दुल काजी, असलम शाहीन, हक नवाज, अब्दुल बासित र मोहम्मद जफर हुसैन पनि आरोपी थिए । यी सबैलाई रिहा गरिएको छ । यीमध्ये असलम शाहीन पनि कंदीलका दाजु हुन् ।

न्यायाधीशले भने ‘वसीमलाई छोडेर अन्यको अपराध प्रमाणित हुँदैन । उनीहरुविरुद्ध प्रमाण पनि छैनन् । त्यसैले उनीहरुलाई रिहा गरिन्छ ।’ कंदीलको वास्तविक नाम फौजिया अमीन थियो । मुफ्तीलाई रिहा गरिएपछि उनका समर्थकले अदालतमै उनीमाथि फूल बर्साए । कंदीलको हत्याको केही दिनअघि उनको एउटा भिडियो भाइरल भएको थियो । यसमा मुफ्ती काजी उनीसँग देखिएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *