निर्धारित समय १–१ को बराबरीमा सकियो, अर्जेन्टिना र स्विट्जरल्यान्डबीचको क्वार्टरफाइनल अतिरिक्त समयमा प्रवेश
काठमाडौं। फिफा विश्वकप २०२६ को रोमाञ्चक क्वार्टरफाइनलमा अर्जेन्टिना र स्विट्जरल्यान्डबीचको खेल निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि विजेताको टुंगो अतिरिक्त समयमा हुने भएको छ।
कान्सास सिटीमा जारी प्रतिस्पर्धात्मक खेलमा अर्जेन्टिनाले पहिलो हाफमा अग्रता बनाएको थियो। कप्तान लियोनेल मेस्सीको उत्कृष्ट कर्नर पासमा एलेक्सिस म्याक एलिस्टरले हेडमार्फत गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए।
दोस्रो हाफमा स्विट्जरल्यान्डले आक्रामक खेल प्रस्तुत गर्दै बराबरी गोल फर्कायो। त्यसपछि दुवै टोलीले विजयी गोलका लागि लगातार अवसर सिर्जना गरे पनि निर्धारित समयमा थप गोल हुन सकेन र खेल १–१ को बराबरीमा समाप्त भयो।
बराबरीपछि खेल अतिरिक्त ३० मिनेटमा प्रवेश गरेको छ। अतिरिक्त समयमा पनि नतिजा ननिस्किए विजेताको निर्णय पेनाल्टी सुटआउटबाट हुनेछ।
विश्वकपको साविक विजेता अर्जेन्टिना लगातार दोस्रो पटक उपाधि जित्ने लक्ष्यमा रहेको छ भने स्विट्जरल्यान्ड इतिहास रच्दै पहिलो पटक सेमिफाइनल पुग्ने अभियानमा छ। दुवै टोलीबीचको प्रतिस्पर्धा निकै रोमाञ्चक बनेको छ र विश्वभरका फुटबल समर्थकको ध्यान यस खेलमा केन्द्रित भएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment