माइतीघरमा लघुवित्त पीडितको धर्ना: पालमुनिबाट राज्यलाई प्रश्न (तस्बिरहरू)

डिसी नेपाल
१५ साउन २०८३ १३:०६

काठमाडौं। आफ्ना मागहरूको अविलम्ब सम्बोधन हुनुपर्ने अडानसहित लघुवित्त पीडितहरू काठमाडौंको माइतीघर मण्डलामा निरन्तर आन्दोलनरत छन्।

खुला आकाशमुनि पाल र छाताको सहारामा दिनरात बिताइरहेका पीडितहरूले आफूहरू गम्भीर आर्थिक, सामाजिक तथा मानसिक पीडामा परेको गुनासो गरेका छन्।

लघुवित्त संस्थाहरूको चर्को ब्याजदर, अमानवीय ढङ्गले गरिने असुलीको दबाब र आफूहरूमाथि भएको भनिएको अन्यायविरुद्ध उनीहरू लामो समयदेखि सडक संघर्षमा छन्।

पटक-पटक सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदा पनि राज्य पक्षबाट समस्या समाधानका लागि कुनै प्रभावकारी पहल नभएको उनीहरूको आरोप छ।

तस्बिरहरू: सक्षम घिमिरे/नेपाल न्युज बैंक


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *