कविता : मौनताको आवाज

दिनेश घिमिरे
२३ साउन २०८३ ७:५३

 शब्दहरूमा सागर बगाएँ

आँखाहरूमा आँसु लेखेँ,

मलाई केवल सुने मात्र

मेरो आवाजमा अर्थ खोजे,

तर मलाई कसैले बुझेनन्।

मेरो ओठमा हाँसो देखे

मनभरिको पीडा देखेनन्,

खुसीका रङहरूमा देखे

आँखाहरूमा आँसु देखेनन्,

मलाई कसैले बुझेनन्।

भन्नुपर्ने कथाहरू थिए

आफैँभित्र गुम्सिरहेँ,

सुनाउनुपर्ने व्यथाहरू थिए

मनभित्रै गुम्साइरहेँ,

शब्दहरू मिलाउँदै छु

जीवनशैली बनाउँदै छु।

भीडहरूमा एक्लै हिँडिरहेँ

सबैले अनुकूलतामा बुझे,

भीडमा म कहिल्यै अाइनँ

मनमा म सधैँ एक्लै भएँ,

मलाई कसैले बुझेनन्।

आजकल म चुपचाप रहन्छु

किनकि आवाजमा भोक छैन,

आजकल म गुमनाम रहन्छु

किनकि नामको कुनै रहर छैन,

म आफैँले आफैँलाई बुझ्दछु

अरू कसैले मलाई बुझेनन्।

बिरुवा, भक्तपुर


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *