लघुकथा : फूलबारी

ईश्वर पोखरेल
२५ साउन २०८३ १०:५८

क: “आहा, कति सुन्दर फूलबारी! यहाँ आइपुगेपछि त फर्किनै मन लाग्दैन।”

ख: “म त जब-जब यो फूलबारीमा पुग्छु, साथमा क्यामरा नल्याएकोमा पटक-पटक पछुताउँछु।”

ग: “मलाई भने यहाँ फुलेका फूलहरूको विविधता र रङ्गहरू देखेर अचम्म लाग्छ।”

घ: “म त जतिबेला पनि मालीलाई यहीँ काम गरिरहेको देख्छु। उसको यो लगनशीलता देखेर छक्क पर्छु।”

ङ: “छक्क त म पनि पर्छु! तर मालीको लगन देखेर होइन, बिहान-बिहान कुकुर डोर्‍याउँदै फूलबारीमा पस्ने सम्भ्रान्तहरू र तिनका अगाडि नतमस्तक बन्ने वडा, नगर अनि प्रहरी प्रशासन देखेर!”


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *