गृहमन्त्री गुरुङ नुवाकोटमा, राहत तथा उद्धारको स्थलगत निरीक्षण
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ नुवाकोट पुगेका छन्। उनी स्थलगत मार्ग हुँदै नुवाकोट पुगेका हुन्।
गृहमन्त्री गुरुङले नुवाकोटस्थित नेपाली सेनाको नम्बर १ सैन्य तालिम गणमा पुगेर विपद्को पछिल्लो अवस्था, राहत व्यवस्थापन तथा उद्धार कार्यको स्थलगत निरीक्षण गरेका छन्।
उनले विपद् प्रभावित क्षेत्रमा आवश्यक मानवीय उद्धार तथा राहत कार्यलाई प्रभावकारी रूपमा अघि बढाउन सम्बन्धित सुरक्षा निकाय तथा उद्धार टोलीलाई कडा निर्देशन दिएका छन्।
यसअघि गृहमन्त्री गुरुङले काठमाडौंमै रहेर विपद् व्यवस्थापनसँग सम्बन्धित टोली तथा विभिन्न जिल्लाका सुरक्षा निकायबाट निरन्तर अवस्थाबारे जानकारी लिँदै आएका थिए। विपद् व्यवस्थापनको समग्र अवस्थालाई काठमाडौंस्थित संयन्त्रमार्फत सहज बनाउँदै उनी स्थलगत निरीक्षणका लागि नुवाकोट पुगेका हुन्।
गुरुङ केही समय नुवाकोटमै रहेर विपद्को अवस्था, उद्धार तथा राहत व्यवस्थापनबारे जानकारी लिने तयारीमा छन्। उनी नुवाकोटबाटै काठमाडौं फर्किने तयारी रहेको बताइएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment