चाडपर्वले राष्ट्रिय एकता मजबुत बनाउँछ : प्रदेश प्रमुख कुँवर
पोखरा । गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले दशैँ, दीपावली, छठपर्व तथा नेपाल सम्वत्को अवसरमा सम्पूर्ण प्रदेशवासी दाजुभाइ दिदीबहिनीमा शुभकामना व्यक्त गरेका छन्।
शुक्रबार शुभकामना सन्देश दिँदै उनले गण्डकी प्रदेशवासी सबै दिदीबहिनी दाजुभाइप्रति सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, आपसी सद्भाव, एकता, भातृत्व र अपनत्व एवं उत्तरोत्तर प्रगतिको कामना गरेका हुन्।
वडादशैँले मौलिक, परम्परा र सांस्कृतिक महत्व बोकेको बताउँदै प्रमुख कुँवरले बहुजातीय बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवं भौगोलिक विविधता र यही विविधतायुक्त धार्मिक, सांस्कृतिक चाडपर्वले सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता कायम राख्दै राष्ट्रिय एकतालाई मजबुत बनाउन योगदान दिएको उल्लेख गरेका छन्।
दशैँले विविध धर्म र संस्कृति मान्ने प्रदेशवासी तथा देश विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा भातृत्व र अपनत्व, आपसी सद्भाव तथा धार्मिक सहिष्णुता कायम राख्न अझ बढी प्रेरणा र बल प्रदान गर्नेछ भन्ने विश्वास उनले सन्देशमा व्यक्त गरेका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment