रिजवान आलम दुबईको अन्तर्राष्ट्रिय मञ्चमा : भारतीय मुख्यमन्त्री यादवसँग रणनीतिक छलफल
दुबई । भारतको मध्य प्रदेशका मुख्यमन्त्री डा. मोहन यादव र कूटनीतिक विज्ञ रिजवान आलमबिच दुवैमा विशेष शिष्टाचार भेट भएको छ ।
भारतको मध्य प्रदेश राज्यमा वैदेशिक लगानी भित्र्याउने र रणनीतिक साझेदारी विस्तार गर्ने उद्देश्यका साथ दुबईमा आयोजित ‘इन्भेस्ट इन मध्य प्रदेश’ अन्तरक्रियात्मक सत्रका क्रममा उनीहरूबिच विशेष भेट भएको हो ।
उक्त कार्यक्रममा प्रमुख अतिथि मुख्यमन्त्री यादव रहेका थिए भने विशिष्ट अतिथिमा रिजवान रहेका थिए । उक्त समारोहमा सरिक हुन् मुख्यमन्त्री यादवले नै रिजवानलाई विशेष आमन्त्रण पठाएका थिए । यसरी प्रवासमा रहेर भारतीय उच्च अधिकारीबाट सरकारी स्तरबाटै आमन्त्रण गरिने रिजवान एक विशिष्ट व्यक्ति रहेका छन् ।
उनले युएईमा रहेर मध्यपूर्वका देशहरूको भूराजनीतिक गतिविधिमा टेवा पु¥याउँदै आएको भन्दै मुख्यमन्त्री यादवले उच्च तहको निमन्त्रणा गरेका थिए ।
समारोहमा रिजवानले नेपालले खेप्नु परेको बाढीको पीडालाई पनि उठाएका थिए। उनले जलवायु परिवर्तनका कारण नेपालले ठुलो संकट खेपेको र विश्वका सबै मुलुकलाई सहयोगका लागि आह्वान गरेका थिए ।
उनले जलवायु परिवर्तनको मारमा सबैभन्दा धेरै नेपाल परेको र यसको असर विश्वव्यापी नै रहेकाले समस्या समाधानका लागि विश्व समुदाय एक ठाउँमा आउनु पर्ने धारणा राखेका थिए ।
नेपालको सुनसरी घर भएका रिजवान दक्षिण एसिया, भारत, अरबलगायत मध्य पूर्वको कूटनीतिक तथा व्यापारिक क्षेत्रमा सक्रिय छन् । रिजवानको मुख्यमन्त्री यादवसँग यो युएईमा भएको दोस्रो उच्चस्तरीय भेट हो ।
उक्त समारोहमा भारत हाल बलियो आर्थिक वृद्धि, रूपान्तरणकारी नीतिगत सुधार, विश्व स्तरीय पूर्वाधार निर्माण तथा नवप्रवर्तन र दिगो विकासका विषयमा वृहत् छलफल भएको थियो ।
यस्तै, मुख्यमन्त्री यादवले वर्तमान समयमा भारतमा सिर्जित अनुकूल आर्थिक वातावरणले वैदेशिक लगानी र दीर्घकालीन व्यावसायिक साझेदारीका लागि विश्वभरका लगानीकर्तालाई ठुलो अवसर प्रदान गर्ने धारणा राखेका थिए । उनले मध्य प्रदेश वैदेशिक लगानीका लागि उत्कृष्ट गन्तव्यका रूपमा रहेको बताए ।
प्रचुर प्राकृतिक स्रोत९साधन, दक्ष जनशक्ति, उत्कृष्ट पूर्वाधार, विस्तारिँदो बजार, प्रगतिशील नीति र रणनीतिक भौगोलिक सञ्जालका कारण मध्य प्रदेश विश्वव्यापी लगानीकर्ताका लागि उपयुक्त रहेको उनको भनाइ थियो ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment