सउदी अरबमा हुथी विद्रोहीको आक्रमणबाट ७३ जना घाइते
काठमाडौं । यमनमा सउदी अरबको नेतृत्वमा रहेको सैन्य गठबन्धनले इरान समर्थित हुथी लडाकुहरूका तर्फबाट सउदी अरबमा गरिएका श्रृङ्खलाबद्ध आक्रमणहरूमा परी कम्तीमा ७३ जना घाइते भएको दाबी गरेको छ।
बिबिसी फारसी सेवाका अनुसार गठबन्धनले यी आक्रमणहरूको ‘निर्णायक र कडा’ जवाफ दिइने स्पष्ट पारेको छ।
यमनको सबैभन्दा बढी जनसङ्ख्या भएको क्षेत्र र देशको उत्तरी भूभागका अधिकांश भागमा नियन्त्रण कायम राखेका हुथी विद्रोहीहरूले गत जुलाईमा सउदी अरबविरुद्ध नौसैनिक नाकाबन्दीको घोषणा गरेका थिए।
त्यसपछि उनीहरूले सउदी अरबलाई लक्षित गरी आक्रमण तीव्र बनाएका हुन्। उनीहरूले रातो सागर (रेड सी) मा सउदी अरबका व्यावसायिक तथा अन्य जहाजहरूलाई पनि निशाना बनाएका थिए।
यमनमा सउदी नेतृत्वको सैन्य गठबन्धनका प्रवक्ताले पछिल्लो समय तीव्र बनेको यो लडाइँलाई ‘अत्यन्तै खतरनाक’ संज्ञा दिएका छन्।
उनका अनुसार हुथीहरूले सउदी अरबका सर्वसाधारण नागरिक र आर्थिक पूर्वाधारहरूलाई नियतवश निशाना बनाइरहेका छन्।
यी पछिल्ला आक्रमणहरूमा सउदी अरबको राष्ट्रिय तेल कम्पनी ‘अरामको’ को जिजानस्थित प्रशोधन केन्द्रहरूलाई समेत लक्षित गरिएको छ। यद्यपि, अरामकोले यस विषयमा हालसम्म कुनै आधिकारिक टिप्पणी गरेको छैन।
No ads found for this position


डिसी नेपाल
Facebook Comment