उद्योगमन्त्रीमा दीपककुमार साह सिफारिस, आजै साँझ शपथ ग्रहणको तयारी

डिसी नेपाल
२५ भदौ २०८३ १६:१५

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले खाली रहेको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री पदमा सुनसरी क्षेत्र नम्बर ४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य दीपककुमार साहको नाम सिफारिस गरेका छन्।

निवर्तमान उद्योगमन्त्री गौरीकुमारी यादवले बिहीबार दिउँसो राजीनामा दिएपछि रिक्त रहेको मन्त्रालयको जिम्मेवारी साहलाई दिने निर्णय प्रधानमन्त्रीले गरेका हुन्। २०८२ चैत २७ गते मन्त्री नियुक्त भएकी यादवको राजीनामा स्वीकृत भएसँगै नयाँ नियुक्ति प्रक्रिया अघि बढाइएको हो।

प्रधानमन्त्रीको सचिवालय एवं स्रोतका अनुसार साहलाई मन्त्री नियुक्त गरिएको सिफारिस पत्र राष्ट्रपति कार्यालय पठाइसकिएको छ भने आजै साँझ ६ बजे शपथ ग्रहण गराउने तयारी भइरहेको छ। शाह पूर्वअर्थमन्त्री एवं नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीलाई पराजित गर्दै सांसद बनेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *