अन्नपूर्ण स्पाइकर एनभीएलको फाइनलमा

डिसी नेपाल
२५ भदौ २०८३ २१:१३

काठमाडौं। अन्नपूर्ण स्पाइकर किंग्स जारी नेपाल भलिबल लिग (एनभीएल) को फाइनलमा पुगेको छ।

विहिबार भएको खेलमा स्म्यासर्सलाई ३-१ को सेटमा पराजित गर्दै अन्नपूर्ण फाइनलमा पुगेको हो। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप)को कभर्ड हलमा भएको खेलमा अन्नपूर्णले सगरमाथा स्म्यासर्सलाई ३–१ को सेटमा पराजित गरेको थियो।

पहिलो सेटमा २१–२५ ले पछि परेको अन्नपूर्णले बाँकी सेटमा २५–२३, २५–१४ र २५–२० ले विजयी भएको थियो।

६ टिम सहभागी लिगमा अन्नपूर्णको यो लगातार चौथो जित हो। पहिलो खेलमा अन्नपूर्ण कर्णाली शिवरजासँग ३–१ ले पराजित भएको थियो। अन्नपूर्णले दोश्रो खेलमा काठमाडौं रेड्सलाई ३–०, तेश्रोमा मधेश वारियर्सलाई ३–१ र खप्तड फाल्कन्सलाई ३–० ले हराएको थियो। सगरमाथा लगातार तेश्रो हारसँगै प्रतियोगिताबाट बाहिरिएको छ।

जारी प्रतियोगितामा ६ पुरुष टिम सहभागी छन्। सहभागी टिमले पहिले सिंगल राउन्ड रोविन लिगका आधारमा खेल्ने छन्। लिगमा शीर्ष स्थानमा रहने टोली फाइनलमा प्रवेश गर्ने छ। शीर्ष दुई र तेश्रो स्थानमा रहने टोलीले फाइनल प्रवेशका लागि प्लेअफ खेल्ने छन्।

नेपाल भलिबल लिगविजेताले २० लाख नगद पुरस्कार प्राप्त गर्ने छ। पुरुष भलिबलको फ्रेनचाइज लिग नेपालमै पहिलो पटक भएको हो। फाइनल भदौ २७ गते हुनेछ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *