उत्कृष्ट सहरी व्यवस्थापनका लागि सबै सुरक्षा निकायबीच सहकार्य आवश्यक: कार्यवाहक प्रमुख डंगोल

डिसी नेपाल
२८ भदौ २०८३ १२:४१

काठमाडौं। काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले काठमाडौंलाई सुव्यवस्थित र अनुशासित बनाउन महानगर प्रहरीसहित सम्पूर्ण सुरक्षा निकायहरूबीच रणनीतिक र परिणाममुखी सहकार्य आवश्यक रहेको बताएकी छन्। आइतबार काठमाडौँ महानगर प्रहरी बलको ३४औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले सो कुरा बताएकी हुन्।

कार्यवाहक प्रमुख डंगोलले महानगर प्रहरी बल केवल महानगरको एउटा प्रशासनिक संरचना मात्र नभई सहरको सुव्यवस्थापनका लागि अहोरात्र खटिने र नागरिकले भरोसा गरेको सशक्त संयन्त्र भएको उल्लेख गरिन्।

“हाम्रो महानगर प्रहरी ऐन, नियम र आदेशको पालना गराउनमा मात्र सीमित छैन,” डंगोलले भनिन्, “मानवतामा आधारित भएर सहर निर्माण गर्ने, असहायलाई सहायता दिने, सहरी स्वच्छता कायम राख्ने र विपद्का बेला अग्रपङ्क्तिमा खटिएर कार्य गर्दा महानगरको सार्वजनिक छवि उच्च बनेको छ।”

सहरी व्यवस्थापनलाई चुस्त बनाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र ट्राफिक प्रहरीलगायतका सम्पूर्ण सुरक्षा निकायहरूसँगको साझेदारीलाई थप मजबुत बनाउनुपर्नेमा उनले जोड दिइन्।

डंगोलका अनुसार विभिन्न निकायका आ-आफ्नै अधिकार र सीमाहरू भए पनि उत्कृष्ट सहरी व्यवस्थापन र नागरिक सेवाको भावलाई कुनै पनि सीमाले छेक्न नहुने स्पष्ट पारिन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *